ओलीलाई साधारण सदस्यबाट समेत हटाउने प्रचण्ड–माधव समूहको निर्णय 

डिसी नेपाल
११ माघ २०७७ १८:४५
252
Shares
काठमाडौं। नेकपाको प्रचण्ड–माधव समूहले नेकपा (ओली) समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेतबाट हटाउने निर्णय गरेको छ। आइतबार पेरिस डाँडामा बसेको नेकपा (प्रचण्ड–माधव) समूहको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।
यसअघि सो समूहले ओलीलाई तीन दिने स्पष्टीकरणसमेत सोधेको थियो। तर, जवाफ भने आएको थिएन।
प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भइसकेको छ। तर पनि दुबै समूहले पार्टी विभाजन भईनसकेको बताउने गरेका छन्। र दुबै समूहको कमिटीहरुमा दुबै समूहका नेताहरु छन्। यसअघि प्रचण्ड–माधव समूहले ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।
उता ओली समूहले पनि प्रचण्डलाई कार्यकारीबाट हटाउँदै अध्यक्षमा मात्र सिमित पारेको छ भने प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको छ।
आइतबारको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे पनि समीक्षा भएको स्थायी कमिटी सदस्य शाहले जानकारी दिए। उनले सोमबार संघर्ष समितिको बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.