१० वर्षे द्वन्द्वका शहीद र घाइतेलाई सम्मान गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा कार्यदल
काठमाडौं। सरकारले १० वर्षे द्वन्द्वसहित विभिन्न आन्दोलनका शहीद तथा घाइतेहरुको सम्मान, उपचार व्यवस्थानका लागि एक कार्यदल गठन गरेको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको नियमित बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले कार्यदल गठन गरेको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘मन्त्रिपरिषदको आजको बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने शहीद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहनुभएको उक्त कार्यदलमा अरू मन्त्रीहरू सदस्य रहनु भएको छ।’







डिसी नेपाल







Facebook Comment