शक्ति पृथकीरणको सिद्धान्तलाई सम्मान गर्न सिक्नुसः प्रधानमन्त्री

डिसी नेपाल
१२ माघ २०७७ १६:३९
92
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धालाई लिएर प्रचण्ड नेपाल समूहले अदालतलाई धम्क्याएको बताएका छन्।

दाङको देउखुरीमा सोमवार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अशान्ति र अराजकता नचाहेको भन्ने तर अदालतले फैसला आफू अनुकुल गरेन भने भन्दै धम्क्याउने खालका भाषा प्रचण्डले प्रयोग गरेको भन्दै ओलीले अब अशान्ति मच्चाउने धम्कीको अर्थ नरहेको बताए।

ओलीले भने, ‘अदालतलाई सम्मान गर्न सिक्नुस, अदालतप्रति भरोसा छ पनि भन्ने अनि हाम्रो पक्षमा फैसला गरेन भने नत्र..के भन्या ? शाकहारी आन्दोलनले भएन भनेर के भनेको ? बाघ जस्तै झम्ट भनेर नेपाली जनतालाई धम्क्याउन खोजेको ? म भन्न चाहान्छु एउटा जमाना हुन्छ कुनै पनि चिजको। तिल्के गोरुको सिङ भाँचिएको कथा मैले त्यसै भनेको होइन।’

माघ ९ गतेको आमसभामा संसद पुनःस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने भनी प्रचण्डले दिएको अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले ‘सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ फू’ जस्तै भनेका छन्।

सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरिएको ओलीले बताएका छन्। उनले आउने चुनावले त्यस्ता तत्वहरूलाई झुक्किएर पनि सांसद जिताउन नहुने बताए।

उनले भने, ‘तपाईहरुले जस्तो पायो त्यस्तै मान्छे जिताएर हुँदैन , सर्कसमा जस्तो झिल्के र मिल्के हुन्छ त्यसैले सबै राम्रो मान्छे जिताउनुहोला।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *