पशुपतिमा मागेर गुजरा चलाउने महिलाको हत्या

डिसी नेपाल
१२ माघ २०७७ १८:५८
544
Shares

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा मागेर गुजरा चलाउदै आएकी एक महिलाको हत्या भएको छ। ३५ वर्षीया बबितादेवि चौधरीको हत्या भएको आंशकामा प्रहरीले शव बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको आरोपमा उनकै श्रीमान र एक महिलालाई पक्राउ गरेको छ।

वृत्तका प्रमुख डीएसपी जितेन्द्र बस्न्यातका अनुसार हत्यामा संलग्नताको आशंकामा प्रहरीले मृतक चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भएकी अनु थापालाई पक्राउ गरेको हो। केही दिन अघि अनुको मोवाइल चोरेको आरोपमा बबितामाथि कुटपिट भएको थियो।

बबितालाई अनु र पशुपति परिसरका केटाहरुले पनि कुटपीट गरेको प्रहरीको भनाइ छ। कुटपीटपछ बबिताको मृत्यु भएको र शव जलाउने तयारी भएको अवस्थामा प्रहरीले बरामद गरेको थियो।

‘अलि अलि जलेको अवस्थामा शब बरामद गरिएको छ, दुई जनालाई पक्राउ गरेर अनुसन्धान हुदैछ’, वृत्तका डीएसपी बस्न्यातले भने। प्रहरीका अनुसार चाउचाउको कार्टुनले बबिताको शब जलाउन खोजिएको र नजलेपछि गाड्नलाई खाल्टो खनिएको थियो। ‘बबिताको शबलाई चाउचाउको कार्टुनले जलाउन खोजेको देखिन्छ नजलेपछि गाड्न खोजेको देखिन्छ’, गौशला वृत्तका डीएसपी बस्न्यातले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *