स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

डिसी नेपाल
१६ माघ २०७७ १७:१७

रौतहट। स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्। रौतहटको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।

एपीएफले बिहीबार रौतहटको गरुडा नगरपालिका ६ बस्ने २७ वर्षिय सुरेन्द्र यादवलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।

प्रदेश नम्बर ३–०१–०२२ च ६३२८ नम्बरको स्कारपियो गाडीमा सवार यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा स्रोत नखुलेको रकम फेला परेको थियो।

यादवले सो रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको एपीएफले जनाएको छर पक्राउ परेका यादवलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *