किसान आन्दोलनबारे महिनौंपछि प्रधानमन्त्री मोदीले मुख खोले
काठमाडौं। भारतमा सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा किसानहरु आन्दोलित भएको महिनौं बितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बल्ल मुख खोलेका छन् । आइतबार प्रधानमन्त्री मोदीले प्रदर्शनकारीहरुले दिल्लीस्थित लालकिल्लामा आक्रमण गरेर देशको अपमान गरेको बताए । आइतबार रेडियो कार्यक्रम ‘मन की बात’ मा कुरा गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
भारत सरकारले ल्याएको नयाँ कृषि कानुनविरुद्ध किसानहरु महिनौंदेखि आन्दोलनमा छन् । लाखौं किसानहरुले राजधानी दिल्लीलाई वरिपरीबाट घेरा हालेर प्रदर्शन गरिरहेका छन् । २६ जनवरीमा भारतको गणतन्त्र दिवसको अवसरमा किसानहरुले आयोजना गरेको ट्रेक्टर परेड हिंसात्मक भएको थियो । प्रदर्शनकारीहरुले पुलिसको अवरोध तोडेर लालकिल्लामा चढेर आफूहरुको झण्डा फहराएका थिए । झडपमा एकको मृत्यु भएको थियो र सयौं घाइते भएका थिए ।
‘२६ जनवरीमा दिल्लीमा तिरंगा (भारतको राष्ट्रिय झण्डा) को अपमान भएकोमा देश दुखी भएको छ’ मोदीले मन की बातमा भने ‘कृषिको आधुनिकीकरणको लागि सरकार प्रतिबद्ध छ र त्यस विषयमा अन्य थुप्रै कदमहरु चालिँदैछन् ।’ किसान नेताहरुले भने दिल्लीमा भएको झडपका लागि आफूहरु जिम्मेवार नभएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment