४ वर्षकी बालिकाले गरिन् ठूला पुरातत्वविदले गर्नेजत्तिकै अद्भूत खोज

डिसी नेपाल
२० माघ २०७७ ११:५३
1.5k
Shares

काठमाडौं। बेलायतकी ४ वर्षकी एक बालिकाले ठूला पुरातत्वविदले गर्नेजत्तिकै महत्वपूर्ण खोज गरेकी छिन् । उनले करोडौं वर्ष पहिले विलुप्त भइसकेको डायनोसरको पदचिन्हको दुर्लभ खोज गरेकी छिन् । विगत १ दशकमा बेलायतमा पहिलो पटक डायनोसरको पदचिन्हको यत्तिको प्रस्ट नमूना भेटिएको छ । यो पदचिन्ह वेल्सको एक समुद्र किनारमा भेटिएको हो ।

एनबीसी न्यूजको रिपोर्टअनुसार लिली वाइल्डर नामकी यी बालिकाले गरेको यो खोजले वैज्ञानिकहरुलाई डायनोसर कसरी विलुप्त भए भन्ने जानकारी प्राप्त गर्न सहयोग प्राप्त हुनेछ किनकि यो पदचिन्ह २२ करोड वर्ष पुरानो हो । १० सेन्टिमिटर लामो यो पदचिन्ह ७५ सेन्टिमिटर अग्लो र साढे २ मिटर लामो डायनोसरको हुन सक्ने विश्वास गरिएको छ । दक्षिण वेल्समा बेरी के नजिकै समुद्र किनारमा यो पदचिन्ह फेला परेको हो ।

रिपोर्टअनुसार यो जीव दुई खुट्टाले हिँड्थ्यो र साना साना जन्तुको शिकार गर्थ्यो ।वेल्स संग्रहालयले लिली वाइल्डरले खोज गरेको डायनोसरको पदचिन्हको एक तस्वीर पनि जारी गरेको छ । नेशनल म्युजियम वेल्सका पेलिएन्टोलोजी क्युरेटर सिंडी हवेल्सका अनुसार यो पदचिन्कहो नमूना यो समुद्र तटमा पाइएको सबैभन्दा राम्रो नमूना हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *