बालबालिकालाई स्कुलमा मोवाइल फोन प्रयोग गर्न प्रतिबन्ध

डिसी नेपाल
२१ माघ २०७७ १०:३९
56
Shares

काठमाडौं। चीनले बालबालिकाहरुलाई विद्यालयमा मोवाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । देशको शिक्षा मन्त्रालयले यस्तो आदेश दिएको हो । अब विद्यार्थीहरुले अभिभावकको लिखित सिफारिसबिना विद्यालयमा मोवाइल फोन लैजान पाउने छैनन् । अधिकारीहरुले बालबालिकाको आँखाको क्षमताको रक्षा गर्न, उनहिरुको अध्ययनप्रति ध्यान केन्द्रित गर्न र इन्टरनेटको लत लाग्न नदिन यस्तो गरिएको बताएका छन् ।

अब स्कुलहरुलाई विद्यालय समयमा अभिभावक र बालबालिकाको कुराकानीका लागि वैकल्पिक माध्यम खोजी गर्न प्रोत्साहित गरिएको छ । चाइना डेली अखबारलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो आदेश कसरी व्यवहारिक हुन्छ भन्ने विषयमा त्यहाँ अभिभावकबीच चर्को बहस सुरु भएको छ । चीनमा ठूलो संख्यामा बालबालिका र किशोरकिशोरीहरुले आफ्नै स्मार्टफोनमा इन्टरनेट प्रयोग गर्छन् । सरकारी स्वामित्वको चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरको तथ्यांकअनुसार आफ्नै फोनमा इन्टरनेट चलाउने १८ वर्षमुनिका बालबालिकाको संख्या ७४ प्रतिशत छ ।

अधिकारीहरु भने इन्टरनेटको प्रयोगले कसरी कम उमेरका बालबालिकाको स्वास्थ्य प्रभावित पारिरहेको छ भन्ने विषयमा चिन्तित छन् । चीनमा कम उमेरका किशोरकिशोरीहरुमा आँखाको दृष्टिमा समस्या बढ्दो छ र अधिकारीहरुले २०१८ मा गेम उद्योगलाई नियमन गर्ने योजना सार्वजनिक गरेका थिए किनकि यो समस्याको लागि गेमलाई प्रमुख कारण मानिएको थियो । उनीहरुले गेमको लतले मानसिक स्वास्थ्यलाई समेत असर गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *