अमेजनका सीइओ जेफ बेजोसले पद छाड्दै
काठमाडौं। अमेजनका सीइओ जेफ बेजोसले पद छाड्ने भएका छन् । अब उनको ठाउँमा एन्डी जेसी सीइओ बन्नेछन् । जेसी अहिले कम्पनीको क्लाउड कम्प्युटिङ युनिटका प्रमुख छन् । ५३ वर्षका जेसीलाई केही वर्षदेखि बेजोसको सम्भावित उत्तराधिकारीको रुपमा हेरिएको छ । उनले २५ वर्षअघि बेजोससँगै कम्पनीको स्थापना गरेका थिए । कम्पनीको कन्जुमर बिजनेसका प्राुख जेफ विल्केले यस वर्ष आफूले पनि पद छाड्ने घोषणा गरेपछि जेसी नयाँ सीइओ बन्ने लगभग निश्चित भएको थियो ।
ब्लुमबर्गका अनुसार कम्पनीको सुरुदेखिका सीइओ बेजोस अब कम्पनीको कार्यकारी अध्यक्षको रुपमा रहने अमेजनले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । कम्पनीले महामारीका बीच पनि रेकर्ड बिक्री गर्दै ठूलो नाफामा गइरहेका बेला नेतृत्व परिवर्तन हुन लागेको हो । कम्पनीको यो व्यवसायको व्यवस्थापन जेसीले नै गरेका थिए । १९९७ देखि अमेजनमा रहेका जेसीले कम्पनीलाई अहिलेकै बाटोमा अगाडि लैजाने विश्वास गरिएको छ ।







डिसी नेपाल







Facebook Comment