संवैधानकि आयाेगमा भएका नियुक्तिकाे विराेधमा प्रचण्ड-नेपाल पक्षकाे आम हड्ताल गर्ने तयारी

डिसी नेपाल
२१ माघ २०७७ १३:०६
100
Shares

काठमाडाैं । प्रतिनिधसभा विघटनका विरूद्ध सडकमा रहेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे प्रचण्ड-नेपाल पक्षले बिहीबार आम हड्ताल गर्ने तयारी गरेकाे छ। उक्त पक्षका एक नेताका अनुसार बुधबार २ बजे बाेलाइएकाे आकस्मिक पत्रकार सम्मेलनमा आमहड्तालकाे घाेषणा गरिने छ।

पत्रकारसम्मेलन अघि संघर्षसमितिकाे बैठक बाेलाइएकाे ती नेताले जानकारी दिए। बैठकले संवैधानकि आयाेगमा भएका नियुक्तिकाे विराेधमा हड्ताल गर्न लागिएकाे उनकाे कथन छ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष सडक संघर्ष गरिरहेकाे छ। मंसिर ३० गते सरकारले संवैधानिक आयाेगका पदाधिकारी नियुक्त गरेकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *