देशमा कोरोनाले १ लाख मरे, आफैंलाई कोरोना लाग्यो तर उनलाई कोरोनाबारे केही थाहा छैन

डिसी नेपाल
२१ माघ २०७७ १३:२४
156
Shares

काठमाडौं। कोरोनाभाइरसले १ वर्षभन्दा लामो समयदेखि पूरै विश्वलाई आक्रान्त पारेको छ । अहिले यो भाइरसबारे थाहा नहुने मानिस नै छैनन् भन्दा हुन्छ । तर, बेलायतमा एकजना यस्ता किशोर छन् जसलाई कोरोनाभाइरसबारे केही थाहा छैन । कोरोनाभाइरसले बेलायतमा १ लाख ८ हजार भन्दा धेरैको ज्यान लिइसकेको छ । तर, ती सबै मृत्यु हुँदा र देशमा महामारी फैलिँदा यी किशोर कोमामा थिए । उनी अहिले बल्ल होसमा आएका छन् । उनी होसमा आएपछि मात्रै उनका परिवारले उनलाई कसरी महामारीबाट बचाउने भन्ने चिन्ता गर्न थालेका छन् ।

डेलीमेलका अनुसार इङल्याण्डका १९ वर्षका जोसेफ फ्लेविल २०२० को मार्चमा दुर्घटनामा परेका थिए । यी किशोर बर्टनको सडकमा घुमिरहेका बेला उनलाई पछाडिबाट एउटा कारले ठक्कर दिएको थियो । जोसेफको दिमागमा चोट लागेको थियो र बेलायतमा कोरोनाभाइरस पुग्नुभन्दा पहिल्यै उनी कोमामा पुगेका थिए । २३ मार्चमा देशमा लकडाउन लागू हुने तीन हप्ता पहिल्यैदेखि जोसेफ कोमामा थिए । यस क्रममा उनी २ पटक कोरोना संक्रमित पनि भएका थिए तर दुवै पटक उनी निको भए ।

उनी हालै स्टेज २ कोमाबाट पनि बाहिर आएका छन् । तर, उनलाई कोरोनाभाइरसका कारण बदलिएको विश्वबारे कुनै जानकारी छैन । कोरोना गाइडलाइनका कारण केवल जोसेफकी आमा उनलाई भेट्न जान पाउँथिन् । जोसेफकी आन्टी सेली स्मिथले स्टेफोर्डशायर लाइभसँग कुरा गर्दै भनिन् ‘हामीलाई थाहा छैन उसलाई कोरोनाभाइरसबारे कति जानकारी छ किनकि उसको दुर्घटना यो महामारी आउनुभन्दा पहिल्यै भएको थियो र यो महामारीको क्रममा ऊ कोमामा थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *