अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जोशीको राजीनामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएकाम हुन् ।
उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिए।
जोशीले प्रेमकुमार राई प्रमुख आयुक्तको पदभार ग्रहण गरेलगत्तै आफूभन्दा जुनियर व्यक्ति प्रमुख आयुक्त नियुक्त भएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।
नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालिसकेका छन् । राईले बुधबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर कार्यभार सम्हालेका हुन् । उनीसँगै आयुक्तद्वय जयबहादुर चन्द र किशोर सिलवाले पनि कार्यभार सम्हालेका छन् ।
राईलाई गत मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment