जापानबाट केयर गिभरको माग

डिसी नेपाल
२१ माघ २०७७ १६:५९
420
Shares

काठमाडौं। वैदेशिक रोजगारीका लागि जापानबाट केयर गिभरको माग आएको छ। सिनामंगलमा रहेको इम्पेरीयल ओभरसिज प्रा.लिले जापानको Woodland Kube Business Coopertaive को लागि एक पुरुष र दुई महिला गरी तीन जना केयर गिभरको लागि माग ल्याएको हो।

वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट यहि माघ २० गते केयर गिभरको माग पूर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ। केयर गिभरको न्यूनतम मासिक तलब एक लाख ८४ हजार जापानीज ऐन अर्थात् आजको विनिमय दर अनुसार दुई लाख तीन हजार रहेको छ।

साथै, खान र बस्न अतिरिक्त शुल्क तिर्नु नपर्ने उक्त मागको करार अवधि तीन वर्षको हुने उल्लेख छ। विज्ञापन प्रकाशित भएको १० दिनभित्र आवेदन दिनुपर्ने छ।

छनौटको लागि अन्तर्वार्ता माघ ३० गते म्यानपावर कार्यालयमा हुने जनाइएको छ। सेवा शुल्कबापत म्यानपावर कम्पनीले ५० हजार लिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.