किसान आन्दोलनको समर्थनमा गायिका रिआनाको ट्वीटपछि भारतको कडा प्रतिक्रिया
बीबीसी । भारतमा किसानहरूले नोभेम्बरदेखि विरोध प्रदर्शन गरिरहेका छन्। अमेरिकी पप गायिका रिआनाले प्रदर्शनकारी किसानको समर्थनमा ट्वीट गरेपछि भारतले विदेशी व्यक्तिहरू र चर्चित व्यक्तित्वले विषयलाई अनावश्यक उचालेको प्रतिक्रिया दिएको छ।
रिआनाले ट्वीट गरेको केही घण्टापछि युवा जलवायु अभियन्ता ग्रेटा थुन्बर्ग र अमेरिकी उपराष्ट्रपतिकी भतिजी मीना ह्यारिसले पनि किसानको समर्थनमा ट्वीट गरेका थिए। ती ट्वीटहरू चर्चित भएका थिए।
बुधवार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले संसद्ले पूर्ण छलफलपछि कृषि क्षेत्रको लागि सुधारोन्मुख कानुन पारित गरेको बताएको छ। उसले सामाजिक सञ्जालमा आएका ह्यासट्याग र प्रतिक्रिया न सही न उत्तरदायी भएको बताएको छ।
why aren’t we talking about this?! #FarmersProtest https://t.co/obmIlXhK9S
— Rihanna (@rihanna) February 2, 2021







डिसी नेपाल







Facebook Comment