स्पेनमा विदेशबाट आउनेको सङ्ख्या ७७ प्रतिशत कम

डिसी नेपाल
२१ माघ २०७७ २०:०६
16
Shares

मड्रिड । विदेशबाट आउनेहरुको सङ्ख्या स्पेनमा अघिल्लो वर्षको तुलनामा गत वर्ष अन्त्यन्त धेरै कम भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०२० मा विदेशबाट आउनेहरुको सङ्ख्यामा ७७.३ प्रतिशत कम भएको हो ।

कोरोनाभाइरसको महामारी र त्यससँगै लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाका कारण आगन्तुकको सङ्ख्यामा भारी कटौती भएको उनीहरुले बुधबार स्पष्ट पारेका छन् ।

स्पेनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा एक करोड ९० लाख विदेशी पर्यटक स्पेन आएको तथ्याङ्क सार्वजनिक गरेको छ । जबकी अघिल्लो वर्ष सन् २०१९ मा आठ करोड ३५ लाख विदेशी पर्यटकले स्पेनको भ्रमण गरेका थिए ।

सो सङ्ख्या विश्वकै दोस्रो धेरै पर्यटकहरुको सङ्ख्या हो । त्योभन्दा बढी विदेशी पर्यटक त्यस वर्ष फ्रान्स घुम्न गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *