प्रचण्ड–नेपाल पक्षको आमहड्ताल : कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

डिसी नेपाल
२२ माघ २०७७ ७:५४
284
Shares

काठमाडौं। संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोध गर्दै नेकपा (प्रचण्ड–माधव नेपाल) पक्षले आह्वान गरेको आमहड्तालले राजधानीको जनजीवन प्रभावित बनेको छ।

आम अड्ताल सफल पार्न भन्दै नेताहरु सडकमा निस्किएका छन् भने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ।

आन्दोलनमा होमिएका नेतालाई प्रहरीले पक्राउ गरेको छ। कलंकीमा हड्तालको नेतृत्व गरिरहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीका धेरै ठाउँमा प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी भएको छ।

कलंकीबाट नेकपा स्थायी कमिटी सदस्यसहित हितमान शाक्य,  अमृता थापा, चाबहिलबाट कृष्ण केसी, बागबजारबाट  रमेश मल्ललगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

विहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएपछि राजधानीका सवारी सधान चलेका छैनन्। आशिंक रुपमा मोटरसाइकल संचालन भएका छन्। आन्दोलनकारीले केही सवारी साधनमा तोडफोनसमेत गरेको छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *