नेपालले कोभ्याक्सबाट साढे २२ लाख मात्रा खोप पाउने

डिसी नेपाल
२२ माघ २०७७ १७:३८
60
Shares

बीबीसी । नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने कोभ्याक्सले जनाएको छ। उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ।

कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम वितरण अनुमानका अनुसार दक्षिण एशियाका अन्य देशहरूले पाउने मात्रा

  • बाङ्ग्लादेशः एक करोड २७ लाख ९२ हजार मात्रा
  • भुटानः एक लाख आठ हजार मात्रा
  • भारतः नौ करोड ७१ लाख ६४ हजार मात्रा
  • मालदिभ्सः एक लाख आठ हजार मात्रा
  • पाकिस्तानः एक करोड ७१ लाख ६० हजार मात्रा
  • श्रीलङ्काः १६ लाख ९२ हजार मात्रा

कोभ्याक्सको अनुसार अन्तरिम वितरण अनुमान तयारी सुरु गर्नका लागि मात्रै हो र यो परिवर्तन हुनसक्छ।

कोभ्याक्स के हो ?

सन् २०२० को एप्रिलमा मा विश्व स्वास्थ्य सङ्गठन, युरोपियन कमिशन र फ्रान्सले स्थापना गरेको एक्सेस टु कोभिड(१९ टूल्सको एउटा अङ्ग कोभ्याक्स हो।

ग्याभी, भ्याक्सीन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्छ। यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब मात्रा खोप वितरण गर्ने लक्ष्य लिएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्नेछन् भने ग्याभी(कोभ्याक्स(एएमसीअन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन्। नेपालले एएमसीअन्तर्गत सुविधा पाउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.