‘कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको हैन’

डिसी नेपाल
२७ माघ २०७७ २१:३८
276
Shares

बीबीसी । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमण चीनको प्रयोगशालाबाट मानिसमा नफैलिएको जनाएको छ। कोरोनाभाइरस पहिलोपटक देखापरेको चीनको वुहान सहरमा भ्रमणमा रहेको सङ्गठनको अनुसन्धान टोलीले उक्त निष्कर्ष निकालेको हो।

वुहानको एउटा प्रयोगशालामा चमेरोमाथि अध्ययन गर्दा त्यहाँबाट कोरोनाभाइरसको महामारी सुरु भएको हुनसक्ने भन्ने आधारहीन आरोपहरू रहेका छन्।

सङ्गठनको टोलीले वुहानका बजार, अनुसन्धान निकाय र अस्पतालहरूको भ्रमण गरेको थियो। मानिसमा सर्नुअघि भाइरस जनावरमा देखिएको हुनसक्ने वैज्ञानिकहरू विश्वास गर्छन् तर यसबारे उनीहरू पक्का भने छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *