रोजगारीका लागि कोरिया जाँदा सुँगुरको मासु लगे १ करोड जरिमाना हुने
काठमाडौं। नेपालीहरुको आकर्षक वैदेशिक रोजगारी गन्तव्य मुलुक दक्षिण कोरियामा अफ्रिकन स्वाइनफ्लु फैलिएपछि रोजागरीमा जानेहरुमाथि कडाई गरिएको छ। ईपीएसमार्फत कोरिया रोजगारीमा जाने नेपालीहरुमाथि पनि कडाई गरिएको छ।
त्रिभुवन विमानस्थल प्रहरीका अनुसार कोरिया जाने कामदारले सुँगुरको मासु लगेमा एक करोड कोरियन वनसम्म जरिमाना तिनुपर्ने भन्दै सचेत गराएको छ।
विमानस्थल प्रहरीले शनिबार एक सूचना जारी गर्दै कोरियामा सुँगुरको मासु प्रतिबन्धित भएकाले सोअनुसार मासु नलैजान भनेको हो।
साथै क्वारेन्टिनको पनि पालना गर्न प्रहरीले सचेत गराएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment