प्रजातन्त्र दिवसका अवसरमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने

डिसी नेपाल
५ फागुन २०७७ २३:३८
28
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने उक्त कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी गराए ।

कविता तथा निबन्ध प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुबै विधातर्फ प्रथमतर्फ रु ५० हजार, द्वितीयतर्फ रु ४० हजार र तृतीयतर्फ रु ३० हजार नगद र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा. उपाध्यायले जानकारी दिए ।

उक्त कार्यक्रममा सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूका साथै सबै सरकारी निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहने र उक्त कार्यक्रमको नेपाल एकेडेमी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *