विद्यार्थीलाई कोभिड भ्याक्सिनको माग गर्दै नेविसंघको प्रदर्शन

डिसी नेपाल
६ फागुन २०७७ १३:५१
88
Shares

काठमाडाैं। नेपाल विद्यार्थी संघले बिद्यार्थीहरु निशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउन माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ।
सबै शैक्षिक संस्थाहरु खुलिसकेकोले सबै भन्दा जोखिममा विद्यार्थी रहेकाे भन्दै नेविसंघका महामन्त्री दीपक भट्टराईले सरकारले बिद्यार्थीलाई निशुल्क भ्याक्सिन उपलब्ध गराउनु पर्ने बताए।

कोणसभालाई सम्बोधन गर्दै भट्टराईले सरकारले विद्यार्थीहरुको स्वास्थमा गम्भीर नभएको आरोप लगाएका थिए। देशको हरेक परिवर्तनमा युवा बिद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको तर अहिले विद्यार्थीहरुलाई सरकारले प्राथमिकतामा नराख्नु दु:खद भएको बताए।

‘विद्यार्थीहरुलाई चाडाे भ्याक्सिनको प्रवन्ध होस भनेर स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइसकेको छौं। सरकार थप संवेदनशील बनेन भने थप आन्दोलनको कार्यक्रम घाेषणा गर्छाैं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.