रसुवा बाढी: चिलिमे टनेलमा नयाँ एक्स्काभेटर प्रयोग गरी उद्धार कार्य तीव्र (तस्बिर)
काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेको चिलिमे टनेल (सुरङ) मा उद्धार तथा भग्नावशेष हटाउने कामलाई तीव्र पारिएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन टनेल क्षेत्रमा पहिले प्रयोग भइरहेको रातो एक्स्काभेटर बदलेर हरियो एक्स्काभेटर प्रयोगमा ल्याइएको छ।
इन्जिनियर गोकर्ण चौधरीका अनुसार नयाँ उपकरणको प्रयोगसँगै लेदो, ढुंगामुढा र कङ्क्रिट पन्छाउने काम द्रुत गतिमा अघि बढेको छ भने उद्धार टोली टनेलको नजिक पुग्न सफल भएको छ।
टनेलभित्र फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि प्राथमिकताका साथ अवरोध हटाइरहेको इन्जिनियर चौधरीले जानकारी दिएका छन्।
यसैबीच, उद्धार कार्यको स्थलगत अनुगमन, निरीक्षण र समन्वयका लागि उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ स्वयं फिल्डमा खटिएका छन्।




No ads found for this position


डिसी नेपाल
Facebook Comment