जीवनभर हवाइजहाज चढ्न नपाएपछि…

डिसी नेपाल
६ फागुन २०७७ १३:५६

काठमाडौं। एक व्यक्तिलाई हवाइजहाजमा चढ्ने यस्तो रहर लाग्यो कि उनले आफ्नो घरको छतमै हवाइजहाज बनाइदिए । यी व्यक्ति अहिलेसम्म हवाइजहाज चढ्न पाएका छैनन् तर हवाइजहाजमा चढ्ने उनको ठूलो रहर छ । भारतको झारखण्ड राज्यको राजधानी राँचीबाट ३० किलोमिटर टाढा अनगडा प्रखण्डको महेशपुर गाउँका जाकिर खानले आफ्नो घरको छतमा हवाइजहाजको मोडल बनाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

अब यो गाउँलाई पनि हवाइजहाज नगर नामले चिन्न थालिएको छ । जाकिर खानले यो जहाजको नाम इण्डिगो राखेका छन् । यो डिजाइन जाकिरले स्वयं गरेका हुन् । गाउँका कारिगढबाट उनले यो मोडल बनाएका हुन् । यसलाई बनाउन ३ महिना समय लाग्यो र यसको कूल लागत १० लाख रुपैयाँ परेको उनले बताएका छन् । यो मोडलले गाउँलाई नयाँ पहिचान दिने पनि उनले बताए ।

यो हवाइ जहाज बनाउने काम अझै पूरा भइसकेको छैन । अहिले पनि यसको केही काम बाँकी भएको र त्यो काम चलिरहेको जाकिरले बताए । जहाजभित्र ककपिट र यात्री सिट तयार गरिँदैछ । विमानलाई वास्तविक आकार दिने पूरा कोसिस भइरहेको छ । टायर, पंखा वास्तविक जस्तै लाग्नेगरी बनाइएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *