यौन शोषण सम्बन्धि फैसलाबाट क्रुद्ध महिलाले न्यायाधीशलाई कण्डम पठाएपछि
मुम्बई। बाम्बे हाईकोर्टकी न्यायाधीश पुष्पा गनेडिवालाको यौन शोषण सम्बन्धि विवादास्पद स्कीन–टु–स्कीनको फैसलाबाट रुष्ट बनेकी अहमदाबादकी एक महिलाले आवेगमा आएर न्यायाधीशलाई एक प्याकेट कन्डम पठाएकी छन्।
यौन उत्पीडनको विषयमा विवादित फैसला सुनाएकी न्यायाधीश पुष्पा गनेडीवाला यतिबेला बाम्बे उच्च न्यायालयको नागपुर बेञ्चमा छिन्। आफूलाई एक राजनीतिक विश्लेषक बताउने अहमदावादकी महिला देवश्री त्रिवेदीले विरुध स्वरुप न्यायाधीश पुष्पा गनेडीवालालाई १५० वटा कण्डम पठाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
केही दिन अगाडि न्यायाधीश पुष्पाले एकपछि अर्को गर्दै केही यस्ता फैसला गरिन् जुन विवादित पनि बनेका थिए। यी सबै विषय बालबालिका माथि हुने यौन अपराध र यौन उत्पीडनबाट बालबालिकाको संरक्षणसँग सम्बन्धित एक्ट हो।
देवश्री त्रिवेदीले आफू न्यायाधीशको फैसलाबाट असन्तुष्ट बनेको दाबी गरेकी छन्। जसमा उनले भनेकी थिइन, ‘यौन उत्पीडतको अपराधमा यौन सम्पर्कका साथ छालासँग छालाको सम्पर्क हुनुपर्छ। एक नाबालिग बालिकाको हात समाउनु र त्यो बेला व्यक्तिको पाइन्टको जिप खुला हुनु अधिनियमको ‘यौन आक्रमण’ सम्बन्धि परिभाषा अन्तर्गत पर्दैन।’
देवश्री त्रिवेदीले आफूले १२ छुट्टा छुट्टै स्थानमा कण्डम पठाएकी छन्। जसमा न्यायाधीश पुष्पाको चेम्बर, नागपुर बेच्नको रजिस्ट्री र मुम्बई उच्च अदालतकी प्रमुखसमेतलाई पठाइएको छ। उनले आफूले अन्यायलार्य सहन नसक्ने बताएकी छन्। न्यायाधीश पुष्पाका कारण नाबालिग बालिकाले न्याय पाउने संभावना रहँदैन। उनले न्यायाधीशलाई निलम्बन गर्नसमेत माग गरेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment