प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न विराटनगर जाँदै

डिसी नेपाल
८ फागुन २०७७ १०:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (आज) विराटनगर जाने भएका छन्। नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर जाने बताइएको छ।

प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा, नेता सुवाष नेम्वाङ, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई लगायतका शिर्ष नेताहरुले जनसभालाई सम्बोधन गर्ने कार्याक्रम रहेको छ।

प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

शनिबार दिउँसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेश १ बाट २ लाख जना सहभागी हुने नेकपाको दाबी छ। विराटनगरको विभिन्न ६ स्थानबाट र्‍याली निस्कनेछन्।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा क्रियाशिल हुदै आएको छ। दुई समूहमा विभाजित भएपछि पार्टीका दुबै समूहले शक्ति प्रदर्शन गर्दै आएका छन्। आज विराटनगरमा पनि ओली पक्षले शक्ति प्रदर्शन र आमसभा आयोजना गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *