साँच्चिकै ढुङ्गाको मुटु ! मुटु ढुङगामा परिणत भएपछि घरबारविहीन व्यक्तिको मृत्यु

डिसी नेपाल
८ फागुन २०७७ १४:१३
516
Shares

काठमाडौं। मुटु ढुङगामा परिणत भएपछि एक जना घरबारविहीन व्यक्तिको मृत्यु भएको छ । ती व्यक्ति सडकमा मृत अवस्थामा पाइएका थिए । उनको शवको जाँचको क्रममा उनको मुटु ढुङगाको पाइएपछि डाक्टरहरुसमेत स्तब्ध बनेका थिए । द सनको रिपोर्टअनुसार यी व्यक्ति भारतको गोवामा मृत भेटिएका थिए । करिब ५० वर्षका ती व्यक्ति दुर्लभ स्वास्थ्य समस्याबाट ग्रसित भएको मानिएको छ ।

उनको मृत्युको स्पष्ट कारण नदेखिएपछि डा. भरत श्रीकुमारलाई उनको पोस्टमार्टम गर्न भनिएको थियो । डाक्टरले पोस्टमार्टम गर्ने क्रममा मृतकको मुटु क्याल्सियमको मात्रा बढी हुँदै जाँदा ढुङ्गामा परिणत भएको पाएका थिए । डा. श्रीकुमारले भने ‘मैले यस्तो मेडिकल केस कहिल्यै भेटेको थिइन । अटोप्सीको क्रममा उनको मुटु निकालेपछि मैले त्यो भारी भएको पाएँ । त्यो सामान्य मुटुभन्दा निकै भारी थियो ।’ गोवा मेडिकल कलेजले ती व्यक्तिको क्याल्सिफाइ भएको मुटुको तस्वीर सार्वजनिक गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *