बफेटले बेचे अचानक सबै सुन, बजार प्रभावित हुने आशंका
काठमाडौं। विश्वका सबैभन्दा धेरै दश जना धनाढ्य व्यक्तिको सूचिमा पर्छन अमेरिकाका वारेन बफेट। ब्रेकसायर हाथअवे कम्पनीका मुख्य कार्यकारी अधिकारी बफेटले अचानक आफूसँग भएको सबै सुन बेचेका छन्।
बफेटको कम्पनी ब्रेकसायरले आफूसँग भएको सेयर अचानक ब्रिक गोल्ड कर्पोरेशनलाई बिक्री गरेको छ। बफेटको कम्पनीले घाटा बेहोर्दै ३१ दशमलव ७ करोड अमेरिकी डलर बराबरको सेयर बेचेको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको कम्पनीले सन् २०२० को अक्टोबर र डिसेम्बरको बीचमा पनि धेरै मात्रामा सुन बेचेको थियो। यस्तो अवस्थामा उनले आफूसँग भएको बाँकी सुन पनि बेचेका हुन्।
बफेट त्यि व्यक्ति हुन् जसले सन् १९९८ मा सुन बेकारको वस्तु भएको प्रतिक्रिया दिएका थिए। उनले सुनको केही व्यवहारिक फाइदा नभएको बताएका थिए। त्यस समय उनले भारी मात्रामा सुन बेचेका थिए। त्यसपछि सुन बजार धेरै प्रभावित बनेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment