आर्थिक अनियमितताको गन्ध पाएसँगै एनआरएनएले गठन गर्‍यो छानविन समिति

डिसी नेपाल
८ फागुन २०७७ १७:४४
84
Shares

काठमाडौं। गैरआवासीय नेपालीसंघ (एनआरएनए) ले मध्यपूर्वका देशहरुमा आर्थिक अनियमितता भएको गुनासोका आधारमा छानविन समिति गठन गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै एनआरएनएले यूएईमा पाँच सदस्सीय छानविन समिति गठन गरेको जनाएको छ।

एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले कोभिड १९ राहत तथा उद्धार कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त कार्यक्रम मार्फत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीको उद्धार र राहतको काम गर्ने गरिएको थियो।

यो बीचमा यूएईमा भएका राहत तथा उद्धारका कार्यक्रमहरुमा आर्थिक हिनामिना भएको भन्दै गुनासो बढेको थियो। खर्च पारदर्शी नभएको र अनियमितता भएको गुनासा र टिकाटिप्पणीको आधारमा एनआरएनका अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजु केसीको संयोजकत्वमा ६ सदस्सीय छानवीन समिति गठन गरिएको जनाएको छ।

समितिले सत्य तथ्य छानविन गरि घटनाको सुपरिवेक्षण र आर्थिक पार्दशिताको अध्यन गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *