विश्वमै पहिलो पटक मानिसमा देखियो बर्ड फ्लु !

डिसी नेपाल
९ फागुन २०७७ १०:१५
752
Shares

काठमाडौं। रुसले बर्डफ्लुको एचफाइभएनएट स्ट्रेनको पहिलो केस भेटिएको जनाएको छ । यो स्ट्रेन कुखुराबाट मानिसमा सर्छ । यो बर्ड फ्लुको मानिसमा देखिएको पहिलो केस हो । यसअघि यो स्ट्रेनको बर्ड फ्लु कुखुरालगायत चरामा देखिएको भए पनि मानिसमा देखिएको थिएन । अधिकारीहरुका अनुसार देशको दक्षिणमा रहेको एउटा पोल्ट्री फार्मका ७ जना कामदारहरु यो स्ट्रेनबाट संक्रमित भएको जनाएका छन् । ‘सबै ७ जन अहिले स्वास्थ्यलाभ गरिरहेका छन्’ रुसको कन्जुमर हेल्थ वाचडगकी प्रमुख एन्ना पोपोभाले भनिन् ।

बीबीसीका अनुसार संक्रमण प्रसार हुनबाट रोक्न आवश्यक कदम चालिएको उनले बताएकी छिन् । यहाँ मानवबाट मानवमा संक्रमण सरेको भने कुन्र प्रमाण भेटिएको छैन । पोपोभाका अनुसार अहिले भेटिएका केस विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको छ । उनले रुसको भेक्टर ल्याबोरेटोरीले यो महत्वपूर्ण वैज्ञानिक खोज गरेकोमा प्रशंशा गर्दै संक्रमितबाट लिइएको स्ट्रेनको जेटेटिक मटेरियल आइसोलेट गरिएको जानकारी दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *