सयौं यात्रीहरु आत्तिएर चिच्याइरहे, विमान जलेर खरानी भयो, विमानमा सवार सबैको मृत्यु

डिसी नेपाल
१० फागुन २०७७ १४:४६
10.7k
Shares

काठमाडौं। सयौं यात्रीहरुले हेर्दाहेर्दै एउटा विमान दुर्घटनाग्रस्त भएर जलेर खरानी भएको छ । दुर्घटनाग्रस्त विमानमा रहेका सबैको मृत्यु भएको छ । नाइजेरियाको एक विमानस्थलबाट उडेकको केही मिनेटमै सेनाको जेट विमान दुर्घटना भएको हो । विमानस्थलमा रहेका सयौं यात्रुहरुको आँखैअगाडि विमान केही मिनेटमै जलेर खरानी भयो । यो भयानक दृश्य देखेर विमानस्थलमा रहेका यात्रुहरु आत्तिएर चिच्याइरहे ।

द सनको रिपोर्टअनुसार इन्जिन फेल भएपछि विमानमा विष्फोट भएको थियो र विमानमा आगो लागेको थियो । विमानमा सवार सेनाका अधिकारीहरु उद्धार मिशनमा जाँदै थिए । नाइजेरियामा ४२ जनालाई अपहरण गरिएको थियो र उनहिरुको लागि उद्धार मिशन चलाइएको थियो । इन्जिनमा आगो लागेपछि विमानको आकस्मिक अवतरणको कोसिस गरिएको थियो तर यसमा पाइलट सफल हुन सकेनन् । विमानमा सवार ७ जना सबैको मृत्यु भएको छ ।

विमानस्थलका एक कर्मचारीका अनुसार आँखैअगाडि यस्तो भीषण दुर्घटना देखेपछि यात्रुहरु आत्तिएर चिच्याएका थिए । शनिबार अमेरिकामा पनि विमान ठूलो दुर्घटनाबाट बचेको थियो । युनाइटेड एयरलाइन्सको विमान उडेको केही समयमै इन्जिनमा आगो लागेको थियो तर पाइलटले कुनै मानवीय क्षतिबिना विमान आकस्मिक अवतरण गराएका थिए । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *