हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

डिसी नेपाल
११ फागुन २०७७ १६:१२
372
Shares

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।

मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित छ । गत वर्ष, हुवावे विश्व मोबाइल बजारमा बिक्रीका दृष्टिबाट पहिलो स्थानबाट छैटौं स्थानमा झरेको थियो ।

हुवावेको मेट एक्स२ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो । यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि राम्रो आवाज छ । यस फोनमा हुवावे आफैंले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ ।

हुवावेका उपभोक्ता इकाईका अध्यक्ष रिचार्ड यूले एक विज्ञप्ति प्रकाशन गरी पछिल्लो शृंखलाको मोबाइल फोनले प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन सफल हुने विश्वास व्यक्त गरेका छन्। यूका अनुसार, मेट एक्स२ को मूल्य चिनियाँ बजारमा दुई हजार ७८५ अमेरिकी डलर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *