भारतसँगको भिडन्तमा मारिएका सैनिकबारे टिप्पणी गर्ने एक चिनियाँ ब्लगर पक्राउ
बीबीसी । भारतीय सेनासँग भएको भिडन्तमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूबारे टिप्पणी गर्ने एक ब्लगर चीनमा पक्राउ परेका छन्। गत वर्ष जुन महिनामा दुई देशको हिमाली सीमाक्षेत्रमा भएको सङ्घर्षमा दुवै पक्षका सैनिकहरूको मृत्यु भएको थियो।
तर चीनले आफ्ना चार सैनिकको मृत्यु भएको समाचार गत साता मात्र पुष्टि गरेको हो। चिनियाँ अधिकारीहरूले ती व्यक्तिले दुराशयपूर्वक सत्य बङ्ग्याएको आरोप लगाएका छन्।
चीन सरकारले उनीसहित भारत–चीन द्वन्द्वबारे टिप्पणी गर्ने सात जनालाई समातेको छ। सन् २०१८ मा पारित एउटा कानुनले चिनियाँ नागरिकलाई नायक र शहीदहरू’ को मानमर्दन गर्न प्रतिबन्ध लगाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment