अस्पतालबाटै बाबुरामको प्रतिक्रिया – लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैँ भयो

डिसी नेपाल
११ फागुन २०७७ १९:३१
116
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेपछि उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराईले ट्वीटरमार्फतअदालतको फैसला सुन्दा रोगै हराएजस्तो भएको बताएका छन् ।

‘कस्तो सुखद् संयोग १ अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबुर सुन्दा रोगै हराए झै भयो ।’ भट्टराईले ट्विटरमा लेखेको छन्,


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *