निफ्राको सेयर मूल्य शतप्रतिशत घटेपछि कारोबार रोक्का

डिसी नेपाल
१२ फागुन २०७७ १३:२५
564
Shares

काठमाडौं। टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको कारोबार रोक्का गरिएको छ। बुधबार निफ्राको सेयर मूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ।

कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमूल्य शतप्रतिशतले घटेको छ। जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ।

टिएमएसमा नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने सेयर कारोबार भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.