आत्महत्याको दर अत्याधिक बढेपछि ‘एक्लोपना’ मन्त्री नियुक्त

डिसी नेपाल
१२ फागुन २०७७ १५:१७
540
Shares

काठमाडौं। ११ वर्षयता पहिलो पटक आत्महत्याको दर बढेपछि जापानले ‘एक्लोपना’ मन्त्री नियुक्त गरेको छ । सन् २०१८ मा ब्रिटेनमा यस्तै नियुक्तिको उदाहरण पछ्याउँदै प्रधानमन्त्री योशिहिदे सुगाले यस महिनाको सुरुतिर मन्त्री टेत्सुशी साकामोटोलाई यस भूमिकामा नियुक्त गरेका हुन् । सुगाको प्रशासनले यो मुद्दालाई आकस्मिकको रूपमा लिएको छ। महामारीको कारण जापानी जनताको एक्लोपनाको समस्या पुनः प्रकाशमा आएको हो ।

जापानको राष्ट्रिय प्रहरी महाशाखाले जारी गरेको प्रारम्भिक तथ्यांकले सन् २०२० मा २० हजार ९ सय १९ जनाले आत्महत्या गरेका थिए । यो संख्या २०१९ को तुलनामा ७५० जना बढी हो । जापानको क्याबिनेट कार्यालयले शुक्रबार पनि एक कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले विभिन्न मन्त्रालयको क्षेत्राधिकारअन्तर्गत एक्लोपनाको विषयलाई सम्बोधन गर्ने र त्यसको प्रभावबारे छानबिन गर्ने प्रयास गर्नेछ।

तथ्यांकअनुसार जापानमा २०२० को सम्पूर्ण समयमा कोभिड–१९ को कारण भएको मृत्युभन्दा अक्टोबर महिनामा मात्रै आत्महत्याको कारण धेरै मानिसहरूको मृत्यु भएको देखिएको छ । अक्टोबर महिनामा मात्रै २ हजार १५३ जनाले आत्महत्या गरेका थिए । जबकि अक्टोबर २०२० को अन्त्यसम्ममा १ हजार ७६५ जनाको कोरोनभाइरसले गर्दा मृत्यु भएको थियो। २०२१ फेब्रुअरी २२ सम्म जापानमा कोभिड–१९ बाट ७ हजार ५४१ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *