लन्डनको सडकमा नाङगो मान्छे दौडिए, पछिपछि प्रहरीको दौडादौड

डिसी नेपाल
१३ फागुन २०७७ ११:५७

काठमाडौं। राजधानीको सडकमा एक जना सर्वाङ्ग नाङगो मान्छे दौडिएपछि उनलाई समात्नको लागि पुलिस पछिपछि दौडिएको रोचक घटना अहिले चर्चामा छन् । सडकमा ती व्यक्ति नाङ्गै दौडिइरहेको देखेपछि स्थानीयले पुलिसलाई बोलाएका थिए । पुलिस आएपछि २९ वर्षका रस स्प्रङहाम अघिअघि र पुलिस पछिपछि दौडिएका थिए । तीन जना पुलिस अधिकारीहरुले रसलाई लखेटिरहेका थिए ।

द सनका अनुसार पश्चिम लण्डनको नटिङ हिलमा भएको यो अनौठो खेदाइलाई ३९ वर्षीय डेलिभरी साइकल चालक पेड्रो लुलाले भिडियो खिचेका थिए। उनले भने– ‘म बाइकमा थिएँ, मैले माथि हेरें र एक जना नाङ्गो मानिस दौडिरहेको देखें ।’ मेट पुलिसका एक प्रवक्ताले भने ‘एक जना मानिस सडकमा नाङ्गै हिँडिरहेको रिपोर्ट आएपछि आइतबार, फेब्रुअरी २१ का दिन वेस्टवे बीटुमा प्रहरीलाई बोलाइएको थियो । अफिसरहरू र लण्डन एम्बुलेन्स सेवा पनि त्यहाँ पुगेका थिए ।’

लण्डन एम्बुलेन्स सर्भिसले उनलाई समातेपछि ती व्यक्तिलाई गिरफ्तार गरियो र मध्य लण्डनको प्रहरी चौकीमा हिरासतमा राखिएको छ । कुनै निश्चित ठेगाना नभएका स्प्रिङहामलाई वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा अभद्र व्यवहार गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई पुलिस हिरासतमा पठाइएको छ र अर्को महिना सजाय सुनाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *