बिना मास्क सुपरमार्केट पस्न नपाएपछि महिलाले भित्री वस्त्र खोलेर मास्कको रुपमा लगाइन्

डिसी नेपाल
१५ फागुन २०७७ १२:३५

काठमाडौं। बिना मास्क सुपरमार्गेटमा सामान किन्न गएकी एक महिलालाई बिना मास्क प्रवेश गर्न नदिइएपछि उनले आफ्नो भित्रै वस्त्र फुकालेर मास्कको रुपमा लगाएकी छिन् । ती महिलाले भित्रै वस्त्र खोल्दै गरेको र त्यसलाई मास्कको रुपमा लगाएको भिडियो इन्टरनेटमा भाइरल भएको छ । द सनको रिपोर्टअनुसार यो अनौठो घटना दक्षिण अफ्रिकाको पिक एन पे सुपरमार्केटमा क्यामेरामा रेकर्ड भएको थियो । यो भिडियो अनलाइनमा सार्वजनिक भएपछि यसले तरंग ल्याएको छ ।

द सनको रिपोर्टअनुसार ती महिलालाई सुरक्षा गार्डले अनुहार छोप्न आग्रह गरेका थिए तर महिलाले आफूसँग मास्क नभएको दावी गरेकी छिन् । महिलालाई पसलबाट बाहिर निकालिने चेतावनी दिइएपछि उनले आफ्नो कपडाभित्र हात हालेर भित्री वस्त्र फुकालेर अस्थायी मास्कको रुपमा लगाएको भिडियो फुटेजमा देखिन्छ ।

यो क्लिप अनलाइनमा भाइरल भएसँगै यसले आक्रोश उत्पन्न गरेको छ । सामाजिक संजालमा महिलाको आलोचना भइरहेको छ । गएको डिसेम्बर महिनामा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले सार्वजनिक ठाउँमा मास्क नलगाउनु अपराध हो भन्ने कुरामा जोड दिएका थिए । उनले भनेका थिए –‘मास्क नलगाएको व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न सकिन्छ । दोषी ठहर भए उनीहरूलाई जरिवाना वा छ महिनाभन्दा बढी कैद वा दुवै सजाय हुनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *