मुकेश अम्बानीको घरबाहिर बम राखेको जिम्मेवारी जैश उल हिन्दले लियो

डिसी नेपाल
१६ फागुन २०७७ १०:२३

मुम्बइ। रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको घरबाहिर बम सहितको गाडी पार्क गरेको जिम्मेवारी आतंकवादी संगठन जैश उल हिन्दले लिएको छ । संगठनले यससँग सम्बन्धित पोस्टहरू सोशल मिडियामा पोस्ट गरेको छ। केही दिनअघि सोही संगठनले दिल्लीस्थित इजरायली दूतावास बाहिर विस्फोटको जिम्मेवारी लिएको थियो । तर, मुम्बइ प्रहरीले भने दाबी पुष्टि गरेको छैन । मिडिया रिपोर्टमा यसलाई आतंककारी संगठनको प्रचार स्टन्टको रूपमा लिइएको छ।

आतंकवादी संगठनले पोस्टमा अनुसन्धान एजेन्सीलाई चुनौती दिएको छ र पैसा माग गरेको छ। यसमा भनिएको छ, ‘यो ट्रेलर मात्र हो र फिल्म अझै बाँकी छ । तिमीले रोक्न सक्छौ भने रोक । हामीले तिमीहरुको नाकमुनि दिल्लीमा आक्रमण गर्दा तिमीले केही गर्न सकेनौ । मोसादसँग हात मिलायौ, तर केही भएन । तिमीले के गर्नुपर्छ तिमीलाई थाहा छ । तिमीलाई पहिले जति भनिएको छ त्यति पैसा ट्रांन्सफर गरिदेउ ।’

यस मुद्दाको अनुसन्धानमा संलग्न आतंकवाद विरोधी दलका एक अधिकारीले अनुसन्धानमा अहिलेसम्म फेला परेको प्रमाणबाट यो कुनै पनि आतंककारी संगठनको काम नभएको देखिएको बताए । अपराध शाखाका एक अधिकारीले बम राखिएको गाडी मनसुख हिरेन नामको व्यक्तिको नाममा दर्ता भएको बताए । हिरेनका अनुसार उनी फेब्रुअरी १७ का दिन बेलुकी ठाणेबाट घर जाँदै थिए । बाटोमा गाडी बिग्रियो । उनलाई हतार थियो त्यसैले उनले एयरोली पुल नजिकैको सडक छेउमा गाडी राखेर आफू घर गए । भोलिपल्ट गाडी लिन जाँदा गाडी त्यहाँ थिएन । उनले गाडी हराएको सूचना पुलिसलाई दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *