क्यालिफोर्नियामा झनै खतरनाक कोरोना भेटियो, दक्षिण अफ्रिकी स्ट्रेनभन्दा ११ गुणा खतरा

डिसी नेपाल
१६ फागुन २०७७ १५:३५
736
Shares

काठमाडौं। पछिल्लो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई अहिलेसम्मकै खतरनाक मानिँदै आइएकोमा अब त्योभन्दा पनि खतरनाक भेरिएन्ट भेटिएको छ । एउटा अध्ययनले दाबी गरेअनुसार क्यालिफोर्नियामा भेटिएको कोभिड भेरिएन्ट दक्षिण अफ्रिकी भेरिएन्टभन्दा ११ गुणा बढी खतरनाक भएको एक अध्ययनले देखाएको छ ।

द सनमा प्रकाशित रिपोर्टअनुसार यो चिन्ताजनक म्युटेशन अमेरिकामै विकसित भएको मानिएको छ । सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार यो नयाँ स्ट्रेनबाट संक्रमित बिरामीमा पहिलो पटक वुहानमा भेटिएको भाइरस स्ट्रेनबाट संक्रमित बिरामीमा हुने भाइरल लोड भन्दा दोब्बर भाइरल लोड हुने पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *