ह्वाइट हाउसबाट बाहिरिएपछि पहिलो पटक सार्वजनिक रुपमा बोलेका ट्रम्पले के भने ?

डिसी नेपाल
१७ फागुन २०७७ १४:२०
168
Shares

काठमाडौं। ह्वाइट हाउसबाट बाहिरिएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् । ‘रिपब्लिकन पार्टीबाट अलग हुने मेरो कुनै आशय छैन’, ट्रम्पले आइतबार भने ‘मैले नयाँ पार्टी बनाउनेवाला पनि छैन ।’

उनले भने, ‘आज म तपाईहरुसामु घोषणा गर्न आएको छु कि ४ वर्ष अघि हामीले एकसाथ जुन अतुलनीय यात्रा सुरु गरेका थियौं त्यसको अन्त्य धेरै टाढा छ । धेरै गर्न बाँकी नै छ । हाम्रो आन्दोलन, हाम्रो पार्टी र हाम्रो देशको भविष्यको कुरा गर्न हामी यहाँ भेला भएका छौं।’

ट्रम्प फ्लोरिडाको ओर्ल्याण्डमा आयोजित २०२१ कन्जरभेटिभ पोलिटिकल एक्सन सम्मेलनमा सहभागी भएका थिए। आफ्नो वक्तव्यको क्रममा ट्रम्पले ‘के तपाइँहरुले मलाई सम्झिनुभयो ? भनेर प्रश्न गरे । उनले फेरि एक पटक राष्ट्रपति चुनावमा आफूले जितेको झुटो दावी दोहोर्याए । उनले भने, डेमोक्र्याटले चुनाव हारेका थिए । कसलाई थाहा छ र मैले तेस्रो पटक उनीहरुलाई हराउने निर्णय गर्न सक्छु । तेस्रो पटक हराउनुको अर्थ २०२४ को निर्वाचन थियो ।

यस बीच, ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनमाथि आक्रोश प्रकट गरे। उनले आधुनिक इतिहासमा कुनै पनि राष्ट्रपतिको कार्यकालको पहिलो महिना त्यति नराम्रो नभएको बताए। बाइडेन प्रशासनले उनीहरु काम विरोधी, परिवार विरोधी, सीमा विरोधी, शक्ति विरोधी, महिला विरोधी र विज्ञान विरोधी भएको प्रमाणित गरेको ट्रम्पले आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *