भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

डिसी नेपाल
१७ फागुन २०७७ २३:०३
32
Shares

नयाँ दिल्ली । भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका देशकाउच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वान समेत गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) मा गएर खोप लगाएका हुन् ।
उनले आफुले खोप लगाएको फोटो सोमबार सामाजिक सञ्जालहरुमा पनि राखेका छन् ।

“मैले आज कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएको छु, चिकित्सक तथा वैज्ञानिकहरुको सिफारिसका आधारमा मैले खोप लगाएको हुँ, विश्वव्यापी महामारीका विरुद्धमा लड्न यसले सवैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु,” उनले भनेका छन् ।

उनले आफुले खोप प्रतिको विश्वास भएकाले खोप लगाएको उल्लेख गर्दै आम नागरिकलाई पनि खोप लगाउन समेत आह्वान गरे । भारतमा गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भएपनि प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीले भने सोमबार मात्रै लगाएका हुन् ।

सोमबार प्रधानमन्त्री मोदीसँगै उपराष्ट्रपति, मन्त्री, न्यायाधीशहरूलगायतका धेरै उच्चपदस्थ पदाधिकारीहरूले खोप लगाएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *