१७ वर्षका किशोरले आफू मर्दै गर्दा अरु ५ जनालाई जीवनदान दिएर गए
काठमाडौं। १७ वर्षका एक जना किशोर आफू त मरेर गए तर जाँदाजाँदै अन्य ५ जनालाई जीवनदान दिएर गएका छन् । यी किशोर ब्रेन डेड घोषित भएपछि उनको परिवारले उनका अंगहरु दान गरेका हुन् । आइतबार भारतको राजस्थानमा रहेको सवाइ मानसिंह (एसएमएस) अस्पतालमा ती किशोर ब्रेन डेड घोषित भएपछि धोलपुर निवासी यी १७ वर्षीय किशोरको परिवारले उनका अंगदान गरेको हो ।
टाइम्स अफ इण्डियाका अनुसार उनको परिवारले उनको मुटु, फोक्सो, कलेजो र मिर्गौला दान गर्न सहमति दिए । हालै सेवाराम नामका ती किशोर दुर्घटनामा परेका थिए । दुर्घटना हुँदा उनले हेल्मेट लगाएका थिएनन्। उनलाई हतारहतार ग्वालियर पुर्याइएको थियो । तर, उनको अवस्था नाजुक बन्दै गएपछि उनलाई एसएमएस अस्पतालमा सारिएको राज्य अंग तथा तन्तु प्रत्यारोपण संगठन (सोटो)का अधिकारीहरुले बताए ।
उनका परिवारले उनको अंगदान गरेपछि उनको फोक्सो एक बिरामीलाई प्रत्यारोपण गर्नका लागि हैदराबाद पठाइएको छ भने उनको मुटु र मिर्गौला एसएमएस अस्पतालमै अन्य तीन बिरामीमा प्रत्यारोपण गरिएको छ । उनको कलेजो अर्का एक बिरामीलाई महात्मा गान्धी अस्पतालमा प्रत्यारोपण गरिएको छ । यो राज्यको ४२ औं क्याडभर अनुदान थियो ।







डिसी नेपाल







Facebook Comment