युरोपका देशहरुलाई आदेशः ‘आफूसँग भएको भ्याक्सिन प्रयोग गर, नभए गरिब देशलाई देऊ’

डिसी नेपाल
१८ फागुन २०७७ १८:०२
676
Shares

काठमाडौं। ४.८५ मिलियन डोज कोरोना भ्याक्सिन प्रयोग नगरी स्टकमा राखिरहेका युरोपेली संघ अन्तर्गतका देशहरुलाई आफूसँग भएको भ्याक्सिन तत्काल प्रयोग गर्न नभए गरिब देशहरुलाई दिन आदेश दिइएको छ । मेट्रोको रिपोर्टअनुसार युरोपमा हरेक ५ मध्ये ४ भ्याक्सिन फ्रिजमा छन् जबकि अन्य १३० देशहरुले अहिलेसम्म एक डोज पनि भ्याक्सिन पाएका छैनन् ।

‘यो दर बढ्न दिनुभन्दा अब नयाँ आपूर्ति सबै न्यून आम्दानी भएका देशहरुमा पठाइनेछ’ युरोपियन इन्स्टिच्युट पोलिसी ग्रुपका निर्देशक प्राध्यापक एडम टुजले भने ‘हामीले भ्याक्सिन मानिसको पाखुरामा दिनुपर्छ । प्रयोग नगरिएका भ्याक्सिन अपराध बराबर हुन् ।’ जर्मनीका वैज्ञानिक कार्सेल वाट्जले एक टेलिभिजन कार्यक्रममा जर्मन चान्सलर एन्जेला मर्केललाई अक्सफोर्ड एस्ट्राजेनेकाको भ्याक्सिन लिएर जनतामा विश्वासको वातावरण बनाउन र ६५ वर्षमाथिकालाई यो भ्याक्सिन नदिने नीति पुनर्विचार गर्न आग्रह गरेका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याकोनले पनि यो भ्याक्सिन ६५ वर्षमाथिकालाई नदिने पक्ष लिएका थिए ।

युरोपेली युनियनमा भ्याक्सिन अभियान निकै सुस्त गतिमा चलिरहेको छ । युरोपेली संघका देशहरुसँग कूल ६.१३ मिलियन डोज भ्याक्सिन भएपनि अहिलेसम्म १.२८ मिलियन डोज मात्र मानिसहरुलाई दिएएको छ र बाँकी सबै भ्याक्सिन फ्रिजमै छ । भ्याक्सिन रोलआउट सुस्त भएपछि अहिले युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भोन डेल लेयिनको तीब्र आलोचना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *