बेलायती पूर्व प्रधानमन्त्रीले बनाएको कलाकृति १ अर्ब १४ करोड रुपैयाँमा बिक्यो

डिसी नेपाल
१९ फागुन २०७७ १२:३८
92
Shares

काठमाडौं। बेलायती पूर्व प्रधानमन्त्री सर विन्स्टन चर्चिलले बनाएको एक कलाकृति लण्डनमा भएको एक नीलामीमा ७ मिलियन पाउण्ड (१ अर्ब १४ करोड रुपैयाँ) मा बिक्री भएको छ। यो कलाकृतिको स्वामित्व पछिल्लो समय हलिउड अभिनेत्री एन्जेलिना जोलीसँग थियो र जोलीले यसलाई बेचेकी हुन् ।

बीबीसीका अनुसार यो कलाकृति लिलामीपूर्व गरिएको अनुमान भन्दा चार गुणा बढी थियो । यसअघि यो कलाकृति १.८ मिलियन पाउण्डमा बिक्री भएको थियो । दोस्रो विश्वयुद्धको क्रममा चर्चिलले माराकेशमा बनाएको कटुबिया मस्जिदको टावरको यो कलाकृति कसले खरिद गरे भन्ने खुलाइएको छैन । क्रिस्टिका एक जना प्रवक्ताले यसलाई ‘चर्चिलको सबैभन्दा महत्वपूर्ण काम’ भनेका छन् । यो चर्चिलले युद्धको समयमा बनाएको एकमात्र कलाकृति हो ।

चर्चिल एक जना उत्सुक कलाकार पनि थिए । उनले सन् १९४३ मा कासाब्लान्का सम्मेलनपछि मोरोक्को शहरबाट प्रेरणा लिएर द टावर अफ द काउउबिया मस्जिदको यो कलाकृति बनाएका थिए । उनले यो कलाकृति बनाएपछि युद्धको समयका समकक्षी नेता अमेरिकी राष्ट्रपति फ्रेंकलिन रुजवेल्टलाई दिएका थिए । सन् २०११ मा न्यु ओर्लियनमा भएको लिलामीमा यसलाई अभिनेत्री एन्जेलिना जोलीले किनेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *