भोलि अदालतहरुमा शोक विदा, देशैभरीका अदालत बन्द रहने

डिसी नेपाल
१९ फागुन २०७७ १७:१३

काठमाडौं। बिहीबार देशैभरीका अदालत बन्द रहनेछन् । देशैभरीका सबै अदालतहरुलाई शोक विदा दिइएको बुधबार सर्वोच्च अदालतले एक सूचना जारी गर्दै जनाएको छ । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनपछि सबै अदालतमा शोक विदा दिइएको हो ।

१९८८ फागुन ३ गते सर्लाही जिल्लामा जन्मिएका पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार निधन भएको थियो । २०५२ असोज १० गते प्रधानन्यायाधीशमा नियुक्त भएका सिंहले २०५३ फागुन ३ गते अवकाश पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *