२ सय वर्षपछि देशका बेलायतका शीर्ष सैनिक अधिकारीको कोर्ट मार्शल गरिँदै
काठमाडौं। बेलायती सेनाका एक मेजर जनरलको कोर्ट मार्शल गरिने भएको छ । उनी बेलायतमा विगत २ सय वर्षयता कोर्ट मार्शलको सजाय पाउने सबैभन्दा शीर्ष अधिकारी हुन् । उनले एक निजी विद्यालयको शुल्क तिर्नको लागि ५० हजार पाउण्ड (८० लाख पाउण्ड) ठगी गरेको आरोप छ । मेजर जनरल निक वेल्चमाथि लण्डनमा रक्षा मन्त्रालयमा बरिष्ठ भूमिकामा रहँदा सेनाको भत्ताको दुरुपयोग गरेको आरोप छ ।
यी दुई स्टार अधिकारीले आफ्नी पत्नी चार्लोट आफ्नो लण्डनको नयाँ घरमा बसिरहेको दावी गरेका थिए । यसो हुँदा उनले आफ्ना दुई छोराछोरीको शिक्षाको लागि भत्ता दावी गर्न पाउँथे र उनले त्यही भत्ता लिएका थिए । यद्यपि त्यो समयमा उनकी श्रीमती ८ लाख पाउण्डको सरकारी आवासमा बस्थिन् ।
द गार्डियनका अनुसार वेल्च १८१५ पछि कोर्ट मार्शलको सामना गर्ने सबैभन्दा बरिष्ठ सैनिक अधिकारी बनेका छन् । त्यतिबेला नेपोलेओनिक युद्धमा एक लेफ्टिनेन्ट जनरल आफ्ना हतियार छाडेको आरोपमा दोषी ठहर भएका थिए ।







डिसी नेपाल







Facebook Comment