यूनिट्राभद्वारा श्रमिकका लागि राहत र रोजगारीको सुनिश्चितताको माग

डिसी नेपाल
२० फागुन २०७७ १६:२३

काठमाडौं। यूनिट्राभ नेपाल (नेपाल ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ्ग, एयरलाइन्स, संस्कृती, पुरातात्विक, कार्गो कुरियर, श्रमिक यूनियन)ले पर्यटन क्षेत्रका श्रमिकहरुको लागि उचित राहत र रोजगारीको सुनिश्चितताको माग गरेको छ। यूनिट्राभले बिहीबार विज्ञप्तीमार्फत यस्तो माग गरेको हो।

सरकारको ध्यानकर्षण गराउँदै यूनिट्राभले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारी भैरहदा पर्यटन क्षेत्रका श्रमिकहरुको हक, हित र अधिकार सुनिश्चितताका लागि त्यस क्षेत्रमा तत्काल श्रम, ऐन र सामाजिक सुरुक्षा ऐन लागू गराइ श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन आग्रह गरेको छ। साथै, सरकारले पर्यटनलाई देशकै आर्थिक विकासको मेरुदण्ड मानेकोले पर्यटन क्षेत्रलाई विशेष ध्यान दिन भनेको छ।

विज्ञप्तीमा भनिएको छ, ‘अहिले देशमा पर्यटकीय मौसमको सुरुवात भएको कुरा अवगत नै छ। यस संकटपूर्ण अवस्थामा पनि लाखौं पर्यटकहरुले नेपाल भ्रमण गर्ने इच्छा प्रकट गरेका छन्। अतिथि देवः भवलाई आत्मसाथ गर्दै पर्यटन क्षेत्रमा जिवनयापन निर्वाह गर्ने लाखौं श्रमिकहरुको रोजगारी सरकारी वेवास्ताका कारण सदाका लागि खोसिने सम्भावना रहेको र दक्ष जनशक्ति पलायन हुने अवस्था देखिएको छ। नेपाल भ्रमणमा आउदा पर्यटकहरुलाई विमानस्थलमा भिसाको सहजीकरणका लागि अनअराइभल भिसा उपलब्ध गराई क्वारेन्टीनको बाध्यकारी व्यवस्था हटाइयोस्।’

यूनिट्राभले पर्यटन उद्योग, पर्यटन श्रमिक र पर्यटनबाट राज्यलाई हुने आयतर्फ निकै गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको र पर्यटन उद्योग चलायमान बनाउन लाखौं पर्यटकको आगमन हुन जरुरी रहेको बताएको छ।

अहिलेको अवस्थामा क्वारेन्टीनको बाध्यकारी व्यवस्थालाई तत्काल हटाई पर्यटक क्षेत्रका सम्पूर्ण श्रमिकहरुलाई तुरुन्तै कोरोनाविरुद्ध खोपको व्यवस्था गरी श्रमिकवर्गले गरिखान पाउने वातावरणको सिर्जना गरिनु पर्ने उल्लेख यूनिट्राभको विज्ञप्ती उल्लेख छ।

साथै, पर्यटक क्षेत्रका श्रमिकहरुका जायज मागलाई पूरा गर्न नसकेमा यसबाट हुने आउने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयंम सम्बन्धित निकाय नै हुनेछ भनि सरकारको ध्यानाकर्षण गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *