बेलायती महारानीका श्रीमान राजकुमार फिलिपको मुटुको शल्यक्रिया

डिसी नेपाल
२० फागुन २०७७ १६:३२
132
Shares

काठमाडौं। बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान, ड्युक अफ एडिनबर्ग राजकुमार फिलिपको पहिलेदेखि नै विद्यमान एक स्वास्थ्य अवस्थाको उपचारको लागि मुटुको शल्यक्रिया गरिएको बेलायती राजदरबार बकिंघम प्यालेसले जनाएको छ । उनको शल्यक्रिया सफल भएको र उनी अझै केही दिनका लागि उपचार, आराम र स्वासथ्यलाभका लागि अस्पतालमै रहने राजदरबारले जनाएको छ ।

डेलीमेलका अनुसार ९९ वर्षका राजकुमार फिलिपको हिजो लण्डनको सेन्ट बार्थोलोमेउ अस्पतालमा शल्यक्रिया गरिएको हो । यसअघि मेरिलेबोनको किंग एडसार्ड सातौं अस्पतालमा भर्ना भएर त्यहाँ १४ दिनसम्म राखिएका राजकुमारलाई सोमबार सेन्ट बार्थोलोमेउमा सारिएको थियो । राजकुमार फिलिपको १०० औं जन्मदिन तीन महिनापछि जून १० मा पर्छ । राजकुमार फिलिपलाई अस्पतालमा राखिएको १७ दिन भएको छ र जटिल स्वास्थ्य अवस्था तथा संक्रमणको जोखिमका कारण महारानी एलिजाबेथलाई समेत भेटन अनुमति दिइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *