बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार

डिसी नेपाल
२० फागुन २०७७ २१:०२
24
Shares

लण्डन । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै गएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ । उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ बर्ष भएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *