दुई ‘अतिवाद’ को विसर्जन

डिसी नेपाल
२१ फागुन २०७७ ८:३१

काठमाडाैं। २०७२ साला नयाँ संविधान जारी भएपछि मूलधारका राजनीतिक शक्तिहरु त्यही संविधानको वरिपरि गोलबद्ध भए । उनीहरु संविधानको स्वामित्व लिँदै संसदीय राजनीतिको बाटो हिँड्न थाले । तर यही समयमा संविधानलाई नै चुनौती दिँदै दुइटा राजनीतिक प्रवृत्ति झाँगिए – एउटा उग्रवामपन्थी र अर्को विखण्डनवादी ।

संविधानले पक्रेको संसदीय राजनीतिको बाटो नै बदल्नुपर्ने भन्दै त्यसका लागि हिंसात्मक विद्रोहसम्म गर्ने योजनासहित ‘उग्रवामपन्थी’ प्रवृत्तिको नेतृत्व नेत्रविक्रम चन्दले गरेका थिए । उता मधेसलाई छुट्टै देश बनाउने योजनासहित ‘विखण्डनवादी’ प्रवृत्तिको नेतृत्व सीके राउतले गरेका थिए ।

दुवैले संविधानलाई चुनौती दिँदै गतिविधि अघि बढाउन थालेपछि राज्य पक्ष र मूलधारका राजनीतिक शक्तिहरूलाई टाउको दुखाइ भएको थियो । संविधान निर्माणको साढे ५ वर्षभित्रै यी दुवै अतिवादी प्रवृत्तिले तत्कालका लागि सुरक्षित अवतरण गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *